तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा चितुवाको आक्रमणबाट १० वर्षीय बालकको मृत्यु

तनहुँ- तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखामा चितुवाको आक्रमणबाट १० वर्षिय इश्क सुनारको मृत्यु भएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो । ’बिहे भोजमा गएर फर्किदै गर्दा बालक माथि चितुवाले आक्रमण गरेछ ।’ डिभिजन बन प्रमुख बरालले भने ’आमा सगै फर्किदै गर्दा आमा कै अगाडि बालक लगेछ ।’

साझ ६ः३० बजेकों समयमा चितुवाले आक्रमण गरेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख बरालले बताउनुभयो । बालकको घाटिमा नङ्ग्रा गाडेको देखिएको र अन्य शरीरमा कुनै घाउचोट नभएको बरालले बताउनुभयो । घटना भएको आधा घन्टा मै बालकको शव स्थानियले भेटाएका थिए ।

अहिले घटनास्थलमा बन कार्यालय र प्रहरीको टोलि पुगेर मुचुल्का गरिरहेको प्रमुख बरालले जानकारी दिनुभयो । यसअघि २,३ वटा बाख्रामा उक्त स्थानमा चितुवाले खाएको थियो । मनिसलाई भने पहिलो आक्रमण हो बन्दिपुरमा । केहि समय अगाडी तनहुँ कै आबुखैरेनी गाउँपालिकामा चितुवाले आक्रमण गरेको थियो । सोहि चितुवा बन्दिपुर पुगेर आक्रमण गरेको हुन सक्ने डिभिजन बन कार्यालय तनहुँका प्रमुख बरालको अनुमान छ ।

९ जनाको मृत्यु, ४ घाइते
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन । त्यस्तै ४ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो । अहिले सम्म ६ वटा चितुवा खोरमा परेको छ । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो । तर अहिले केहि समय शान्त भएको चितुवा आक्रमण आज सोमबार बन्दिपुरमा देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button