तपाईँ सुन्दै हुनुहुन्छः

अपांगमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागि परेको छ : मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश न १ लाई अपांगमैत्री प्रदेश बनाउने अभियानमा सरकार लागि परेको बताउनुभएको छ ।

अपांग रोकथाम तथा पुुर्नस्थापना कार्यक्रमको आज बिराटनगरमा शुभारम्भ गर्नुहुदँै उहाँले अपांगता भएका व्यक्तिहरुलाई सक्षम र सबल बनाउन कार्यक्रम प्रभावकारी हुनेमा जोड दिनुभयो ।

उहाँले अपांगता भएका व्यक्तिहरुको पुर्नःस्थापना साथै महिला बालबालिका तथा जेष्ठ नागरिकको अधिकार र उनीहरुको विकासका लागि स्वस्थ्य र समुन्नत प्रदेश आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री राईले अपांगताहरुको भावनाको सम्वोधन हुने गरी प्रदेशमा अहिले बनेका सबै भौतिक संरचना अपांगमैत्री भएको उल्लेख गर्नुुभयो ।

प्रदेश न १ का समाजिक विकास मन्त्री जिवन घिमिरेले अपांगता भएर जन्मनुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपांगता बालबालिका जन्मनै नदिन प्रयासमा प्रदेस सरकार लागेको बताउनुभयो ।

करुणा फाउण्डेशनका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले स्वास्थ्य र निरोगी प्रदेश बनाउन प्रदेश नं. १ को सरकारसँंग फाउण्डेशनले सहकार्य गरेको भन्दै यो अभियानले प्रदेशको ४९ प्रतिशत जनसंख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने बताउनुभयो ।

बिराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुलीले प्रदेस सरकारले शुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामाजिक बिकास मन्त्रालयका सचिव बिरबहादुर राई तथा मन्त्रालयका सामाजिक बिकास महाशाखा प्रमुख दुर्गा बरालले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुु भएको थियो ।

सामाजिक बिकास मन्त्रालय तथा स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षिय साझेदारीमा अभियान शुरु भएको हो ।

प्रदेश न १ का एक सय ३७ वटा पालिका मध्ये पहिलो चरणमा २६ वटा पालिकामा यो अभियान शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

आगामी तीन वर्षसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । पहिलो चरणमा मोरङ, सुनसरी, धनकुटा तथा पाँचथर जिल्लामा यो कार्यक्रम शुरु भएको हो ।

कार्यक्रममा व्हिल चियरमा विश्वयात्रा गर्नुहुने ओखलढुुगाका तेजबहादुर कार्कीलाई ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button