छोरी शिक्षा विमा शिविर अन्तर्गत प्रदेश २ मा छ हजार सात सयभन्दा बढी छोरी विमित

वीरगन्ज । प्रदेश सरकारद्वारा सञ्चालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविरमार्फत आज सम्म छ हजार सातसय भन्दा बढी छोरी विमित भएका छन् ।
२०७५ माघ १ गते यता जन्मिएको छोरीलाई प्रदेश सरकारद्धारा छोरी शिक्षा विमा गर्ने अभियान अन्र्तग तगत माघ २ गतेबाट शुरु भएको अभियानमा हालसम्म छ हजार सात सय सात जना छोरीहरुको विमा गरिएको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो ।

शिविरमार्फत सप्तरीमा एक हजार पाँच, सिरहामा नौ सय ६३, धनुषामा पाँच सय ४६, महोत्तरी आठ सय ४५, सर्लाही नौ सय ६८, रौतहट सात सय ६२, बारा नौ सय ५५ र पर्सामा छ सय ६३ छोरीले बिमा गराइएको छ ।
विमाका लागि आवश्य जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबा मध्ये एक जनाको नागरिकता र बच्चा तथा अभिभावकको छ /छ वटा फोटो आवश्यक रहेको र प्रदेश सरकारले स्थानीय तहको घर घरमै पुगेर छोरी विमा कार्यक्रम चलाईरहेको मुख्यमन्त्री राउतले बताउनुभयो ।
शिविरमा प्रभु र्बैकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटो ग्राफर एवं मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

मुख्यमन्त्री राउतले पर्साको विरगंजबाट माघ २ गते बाट शुरु भएको छोरी शिक्षा विमा शिविर प्रदेशका आठ वटै जिल्लामा एक साथ शुरु भएकोे शिविर फागुनको पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा पुगेर सम्पन्न हुने बताउनुभयो ।
शिविर महानगरमा चार दिन, उपमहानगरमा तीन दिन, नगरपालिकामा दुई र गाँउपालिकामा एक दिन सञ्चालन गरिने कार्यक्रम रहेको छ ।
यसका साथै शिविरमा विमा गराउने बालिकाको परिवारका लागि ईन्टरनेट प्रदायक कम्पनी सुविसुले तीन महिनाको लागि निःशुल्क इन्टरनेट सेवा समेत उपलब्ध गराएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्