सरकारले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने : मन्त्री अर्याल

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा मिचिएको नेपाली भू–भाग सरकारले नछोड्ने गरि काम अघि बढाएको बताउनुभएको छ ।
दुई वर्षको अवधिमा मन्त्रालयबाट भएको मुख्य उपलव्धी सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने प्राविधिक समितिले गृहकार्य गरिरहेको जानकारी दिँदै छिट्टै नै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभयो ।

समृद्ध नेपालको मुख्य आधार नै जनताको जमिन भएको भन्दै मन्त्री आर्यालले जमिन बाँझो राख्नेलाई कारवाही गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री आर्यालले मन्त्रालयले दुई वर्षको अवधीमा करिब ३० लाख जग्गाधनीको करिव २ करोड ५० लाख कित्ता जमिनको अभिलेख डिजिटल प्रणालीमा आधारित अनलाइन सेवामा सुरक्षित हुने व्यवस्था गरी १०८ मालपोत कार्यालयमा अनलाईन सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री अर्यालले व्यक्तिको नाममा रहेको ९ सय ४६ रोपनी ७ आना दुई पैसा जग्गा सरकारको नाममा ल्याइएको पनि जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्