तपाईँ सुन्दै हुनुहुन्छः

हिरासतमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको तथ्याङक सार्वजनिक

महान्यायाधिबक्ताको कार्यालयले देशका विभिन्न कारागार तथा हिरासतमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको तथ्याङक सार्वजनिक गरेको छ ।

कार्यालयले आज हिरासत तथा कारागार अनुगमन प्रतिवेदन २०७६ सार्वजानिक गदै क्षमताभन्दा बढी संख्यामा थुनुवा र कैदीहरु रहेको जनाएको हो ।

प्रतिवेदन सार्वजनिक गर्नुहुदै महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले हिरासत तथा कारागारमा राखिएका कैदीबन्दीहरुलाई मानवको उचित व्यवहार गरिनु पर्ने बताउनुभयो ।

उहाँले कैदीबन्दीहरुको क्षमता विकास, शिक्षाको व्यवस्थापन र भौतिक संरचनामा सुधारमा लाग्न गर्न सरोकारवाला सवैलाई आग्रह गर्नुभयो ।

प्रतिवेदनमा ३ हजार क्षमता भएका कारागारमा ७ हजारभन्दा बढी कैदी थुनुवा पाईएकोे जनाएको छ ।

देशभरका ३७ जिल्लाको अनुगमनका क्रममा अधिकांश कारागारहरुको भौतिक अवस्था समेत नाजुक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button