‘११ बुँदे आचारसंहिता रुपान्तरणका लागि महत्वपूर्ण’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको ११ बुँदे आचारसंहिता संस्कृति रुपान्तरणका लागि महत्वपूर्ण भएको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित पार्टीको जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपाल र यसका सातवटा घटक सङ्गठनको केन्द्रीय कमिटीको सपथ ग्रहण कार्यक्रममा गौतमले समाज रुपान्तरणको सबैभन्दा तल्लो एकाइ परिवार भएको भन्दै परिवार सुधार गर्न नसक्नेले समाज सुधार गर्न पनि नसक्ने बताउनुभयो ।
सांस्कृतिकर्मीहरु सबै प्रकारका क्रान्तिको बहाक भएको भन्दै समृद्ध नेपाल निर्माणको अभियानमा होमिन सबै संस्कृतिकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा सांस्कृतिक क्रान्तिको आबश्यकता औल्याउनुभयो ।
जन सांस्कृतिक महासंघका नेपालका संयोजक खगेन्द्र राईले देशैभर सांस्कृतिक रुपान्तरणको अभियान चलाईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्