लालपूर्जाविहिन तीन सय परिवारले लालपुर्जा पाउँदै

अछाम । जग्गाधनी प्रमाण पुर्जा बिहिन अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ का करिब तीन सय परिवारले प्रमाण पुर्जा पाउने भएका छन् ।
लामो समयदेखि भूमिहिन जस्तै रहेका उनीहरु अब लालपुर्जा पाउने भएका हुन् । बिशेष नापी कार्यालयले स्थानीयको जग्गा नाप गरी पक्रिया अघि बढाएपछि उनीहरु ज्गगा धनि प्रमाण पुर्जा पाउन लागेका हुन् ।
ठाँटीबासी र बाजुरा जिल्लाका स्थानीयवीच जग्गा बिवाद रहेकाले जग्गा नापी हुन नसकेको थियो । मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले मेल्लेख ३ ठाँटीका लालपुर्जा बिहिन नागरिकलाई लालपुर्जा उपलब्ध गराउने काम तिब्र गतिमा बढाइएको बताउनु भएको छ । उहाँले बिबाद नहुने गरि जसले भोग चलन गर्दै आएका छन् तिनीहरुलाई लाल पुर्जा उपलब्ध गराइनु पर्ने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले निस्पक्ष तरिकाले लालपुर्जा प्रदान गरिने, लालपुर्जा बिहिन नागरिकलाई सहज तरिकाले लालपुर्जा उपलब्ध गराउने उद्देश्यले नापी र मालपोत कार्यालयका कर्मचारीलाई वडामै बोलाइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्