तपाईँ सुन्दै हुनुहुन्छः

भागबण्डा मिल्ने संकेत देखिएपछि साढे नौ महिनापछि खुल्यो विश्वविद्यालयको ताला

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी साढे नौ महिनापछि १५ दिनका लागि खोलिएको छ ।

नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले उपकुलपति र रजिष्ट्रार नियुक्तीको विषयलाई लिएर केन्द्रीय कार्यालयमा गत चैत २७ गते तालाबन्दी गरेको थियो ।

एउटै विश्वविद्यालयमा दुई/दुई जना उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको भन्दै गरिएको तालाबन्दी केन्द्रमा भागबण्डा मिल्ने संकेत देखिएपछि अस्थायी रुपले खोलिएको बताइएको छ ।

यद्यपी नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समिति महेन्द्रनगरले भने विश्वविद्यालयमा उत्पन्न विवाद समाधान गर्नका लागि गठित उच्चस्तरीय कार्यदलले विवाद समाधानतर्फ चाँसो देखाएको र उपकुलपति तथा रजिष्ट्रारको पदावधी सकिएको दाबी गरेको छ ।

आफुहरुको माग बमोजिमका काम नभएको अवस्थामा थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनीसहित ताला खोलिएको नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले बताउनुभयो ।

तत्कालीन उपकुलपति भूषण श्रेष्ठ र रजिस्ट्रार दवीजराज भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि गत चैतमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम उहाँहरुलाई जिम्मेवारीबाट पदमुक्त गरी सोही विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. डा.पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा.गोविन्द बिष्टलाई रजिस्ट्रारको जिम्मेवारी तोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button