तपाईँ सुन्दै हुनुहुन्छः

बझाङको सुर्मा गाँउपालिकामा बिगत १० दिनदेखि तालाबन्दी

बझाङ । बझाङको सुर्मा गाँउपालिकामा बिगत १० दिनदेखि तालाबन्दी गरिएको छ । त्यहाँका सर्वसाधारण महिलाहरुले गाँउपालिका भरी पुर्ण रुपमा मदिरा बन्द गर्नु पर्ने, गाँउपालिका कार्यालय नियमित रुपमा खोल्नु पर्ने माग गर्दै ताला बन्दी गरेका हुन् ।

सदरमुकाम चैनपुरसंँगै जोडिएको सुर्मा गाँउपालिकाका कर्मचारी साथै जनप्रतिनिधीहरु सदरमुकाम चैनपुरमा नै बसेर गाँउपालिकाको काम गर्ने गरेको हुदाँ गाँउमा बस्ने महिलाहरु विगतदेखि यस्तो कार्यको विरोध गर्दै आएरहेका थिए ।

सुर्मा गाँउपालिकाको दौलीचौरमा रहेको गाँउपालिका कार्यालयलमा तालाबन्दी गरिएको हुदाँ प्रशासनिक कामकाज साथै अन्य कामकाज बाहिर बाटै हुने गरेको छ ।

ताला खोल्न प्रयास भईरहेको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चक्रपसाद जोशीले बताउनुभयो । सुर्मा गाँउपालिकासहित साईपाल गाँउपालिकाले पनि गाँउपालिका केन्द्रमा इमेल, ईन्टरनेटका साथै अन्य सेवा सुविधा नभएको हुदाँ सदरमुकाम चैनपुरमै सम्पर्क गाँउपालिका कार्यालय बनाएर काम गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button