नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलीका लागि आह्वान

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलीका लागि आह्वान गरिएको छ ।
पार्टी भित्र संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बीच आगामी महाधिबेशनको कार्यतालिका र नेपाल बिद्यार्थी संघको तदर्थ समिति गठनका विषयमा विवाद भएपछि पौडेल पक्षले बहिस्कार गरेपछि अवरूद्ध भएको बैठक अनौपचारिक कार्यदलमार्फत् सहमति जुटेपछि पुनः बैठक बोलाईएको हो ।
पार्टी सह–महामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको मितिलाई यथावत राखी आवश्यकता अनुसार अन्य कार्यसूचीमा परिवर्तनका लागि सहमति भएको बताउनुभयो ।
काँग्रेस बैठक पार्टी मुख्यालय सानेपामा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्