भुमेश्वर गुफा ओझेलमा

सल्यान । सल्यानमा एक हजार बढि चमेरा रहेको भुमेश्वर गुफा ओझेलमा परेको छ । कुमाख गाउँपालिका–२ स्विकोट रुमालगाउँमा रहेको भूमेश्वर गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।
हजारौंको संख्यामा चमेराको बासस्थान रहेको भुमेश्वर गुफा आवश्यक प्रचार प्रसारका कारण ओझेल परेको स्थानीय प्रेम भाटले बताउनुभयो । भाटका अनुसार गुफाको लम्वाई झण्डै पाँचसय मिटर रहेको छ भने चौडाई चार मिटर रहेको छ ।
प्रचार प्रसार, भौतिक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्रयाउन सकिने मोतीलाल खत्रीले बताउनुभयो । गाउँपािलकाले भने यस क्षेत्रलाई जिल्लाको पर्यटकीयस्थल बनाउने हिसाबले अध्ययन गर्न शुरु गरेको छ ।
कुमाख गाउँपालिमा रहेका धार्मिक, प्राकृतिक पर्यटकिय स्थलहरुको तथ्याङक संकलन गरेर अध्ययन गरिने कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्