एसियाकै लामो झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा
रोशन तिवारी, पर्वत । एसियाकै लामो भनिएको पर्वत र बाग्लुङ जोड्ने पाङ–बाङ्गेचौर झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गत वर्ष चैतबाट निर्माण शुरु भएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
कालिगण्डकी नदीमाथि बन्दै गरेको १ सय ३० मिटर अग्लो पुल नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा रहेको कम्पनीका नरहरी खड्काले जानकारी दिनुभयो ।
६ करोड ९१ लाख लागतमा आगामी फागुनसम्ममा पुल निर्माण गरिसक्ने गरी सम्झौता भएको छ ।








प्रतिक्रिया राख्नुहोस्