तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनमा ग्लोरिया आँधी : १३ जनाको मृत्यु

स्पेन । स्पेनमा आएको आँधी र त्यसले ल्याएको भिषण वर्षा र हावाहुरीबाट १३ जनाको ज्यान गएको छ ।

‘ग्लोरिया’ नाम दिइएको उक्त आँधीले निम्त्याएको हावाहुरी र छालका कारण पुल भत्किनुका साथै रेल सेवा अवरुद्ध भएको छ भने विद्युत प्रशारण समेत प्रभावित छ ।

आँधीका कारण चर्को हावा, मुसलधारे वर्षा, हिमपात र विशाल लहर आइरहेका छन् ।

स्पेन सरकारले आँधीहुरी सहितको बर्षाको क्षतीको सामना गर्न आज आकस्मिक बैठक बोलाएको छ ।

यसैगरी पेरुको राजधानी लिमामा एक प्राकृतिक ग्यास बोकेको ट्रकमा आगजनी हँदा २ जनाको मृत्यु भएको छ भने ४८ जना भन्दा बढी घाइते भएको छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button