तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ : राष्ट्रियसभामा नेकपा विजयी

विराटनगर । प्रदेश नं १ बाट राष्ट्रियसभामा रहेको तीन पदमा आज भएकोे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन उम्मेदवार विजयी हुनुभएको छ । यसरी विजयी हुनेमा महिलातर्फ इन्दिरा गौतमले ६ हजार ४२६, दलिततर्फ गोपी आछामीले ६ हजार ३३० र अन्यतर्फ देवेन्द्र दाहालले ६ हजार २३४ मतभार ल्याई विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।

उक्त निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट महिलामा मीना पुलामीले २ हजार ६२२, दलितमा नीरबहादुर विश्वकर्माले २ हजार ७१८ र अन्यमा राजेन्द्र घिमिरेले २ हजार ७६६ मतभार प्राप्त गर्नुभएको थियो । यसैगरी सङ्घीय समाजवादी पार्टीकातर्फबाट महिला कमला बढहीले २६४, दलितमा ज्ञानकुमार परियारले २६४ र अन्यमा भरत दाहालले २६४ मतभारत प्राप्त गर्नुभयो ।

प्रदेशसभा सदस्य ९३ मध्ये ९२ तथा स्थानीय निकयका २७४ मध्ये २७२ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । प्रदेशसभा सदस्यले ९९ प्रतिशत तथा स्थानीय निकायतर्फ ९८ प्रतिशतले मतदान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button