टिप्परको ठक्करबाट महेन्द्रनगरमा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
भीमदत्त बसपार्क नजिकै रहेको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परको ठक्करबाट आज अपराह्न एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो ।
मृतकको सनाखत हुन सकेको छैन् भने चालक फरार रहेका छन् । अहिले चम्मन चोक क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्