तपाईँ सुन्दै हुनुहुन्छः

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका– २ धियालमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार बिहान धियालस्थित सरस्वतीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रयाक्टरका धनीसमेत रहेका चालक बाराको निजगढ नगरपालिका–३ का ३४ बर्षीय परशुराम सिटौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।

ना ६ त ६१८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा सिटौलाको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button