समाजलाई एकताबद्ध बनाउन गीत सङ्गीतले महत्त्वपूर्ण भूमिका खेल्ने : उप प्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समाजलाई एकताबद्ध बनाउन गीत संगीतले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
स्वर किन्नरी तारा देवीको चौधौं स्मृतिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले गीत संगीतमा प्रेमको भाषा हुने हुनाले जुनसुकै विचारधाराका मानिसहरु पनि एकमत हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले स्वर्गिय तारदेवी लगायतका गायक गायीकाले गाएका गीतहरु मुलुकको सम्पति भएकोले यसको संरक्षण र सम्बद्र्धन गर्नु राज्यको कर्तव्यहुने बताउनुभयो ।
कार्यक्रममा तारादेवी द्धारा गाइएका गीतहरुको गायनसंगै गीत संगीत क्षेत्रमा योगदान पु¥याउने व्यतिmत्वहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्