सल्यानका सामुदायिक विद्यालयमा पहिलो पटक सेनेटरी प्याड मेशिन जडान

सल्यान । सल्यानमा पहिलो पटक छात्राका लागि सेनेटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा अटोमेटिक सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको हो ।
छत्रेश्वरी गाउँपालिका अन्र्तगतका ६नं. वडामा रहेको त्रिभुवन जनता माध्यमिक भोटेचौर र वडा नम्बर १ को भानुभक्त माध्यमिक अटोमेटिक प्याड मेसिन जडान गरेको छ ।
गाउपालिकाले करिब दुई लाखमा खरिद गरेको मेसिनमा प्रत्येक मेसिनमा ५० वटा प्याडहरु अटने छन भने विद्युत आपुर्ति बन्द भएपनि पाँच घण्टा सम्म मेसिनमा ब्याकप रहने छ ।
प्रत्येक बिद्यालयमा छात्राहरुको पढाईलाई नियमित गर्न, उनीहरुको पढाईलाई कुनै अवरोध नहोस् भनेर मेसिनहरु जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसी बताउनुभयो ।
बिद्यालयमा अटोमेटिक सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरेपछि महिनावारी हुँदा विद्यालय आउन सहज भएको त्रिभुवन माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रा पिमा बुढाथोकीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्