तपाईँ सुन्दै हुनुहुन्छः

बिद्यालय जानबाट बञ्चित किशोरीहरुलाई बिद्यालयसम्म पुर्याउन किशोरी शिक्षा कार्यक्रम लागु

 बार । जीतपुर सिमरा उपमहानगरपालिकाले बिद्यालय जानबाट बञ्चित किशोरीहरुलाई बिद्यालयसम्म पुर्याउन किशोरी शिक्षा लागु गरेको छ ।

युनिसेफको सहयोग र समाजिक जिल्ला समन्वय समिती पर्साको सहकार्यमा किशोरी शिक्षा लागु गरिएको जितपुरसिमरा उपमहानगरपािलकाको नगरस्तरीय शिक्षा तथा खेलकुद बिकास शाखाका प्रमुख शिबजीले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरपालिकाको १० वटा स्थानमा किशोरी शिक्षा सञ्चालन गरिरहेको छ । दैनिक दुई घण्टा ३० मिनेट किशोरी शिक्षा सञ्चालनमा छ । आठदेखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई किशोरी शिक्षाको माध्यमबाट कक्षा तीन सम्मका शिक्षा प्रदान गरी बिद्यालयसम्म पुर्याउने लक्ष्य राखिएको शिक्षा तथा खेलकुद बिकास शाखाका प्रमुख शिबजीले जानकारी दिनुभयो ।

नौँ महिनासम्म सञ्चालन हुने किशोरी शिक्षा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ को जीतपुर, वडा नं. ९ को छातापिपरा वडा नं. १० को बलुवामा , वडा नं. १९ को ईनर्वासिरामा, वडा नं.२० को बस्डिलवा ,वडा नं. २० को कञ्चनपुर, वडा नं.२३ को भलुईको ठुलो टोल, वडा नं.२४ को हरपुरको उत्तरटोल र दक्षिण टोलमा कक्षा सञ्चालनमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

कक्षा सञ्चालन रहेको क्षेत्रमा बढी किशोरीहरु बिद्यालय शिक्षाबाट टाढा रहेको एक सर्वेक्षणले देखाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button