तपाईँ सुन्दै हुनुहुन्छः

नश्ल सुधार गरी मासु उत्पादन बढाउने उद्देश्यले उन्नत जातका बोका बितरण

 

काठमाडौँ । कपिलबस्तुको यशोधरा गाउंपालिकाका केही कृषकलाई नश्ल सुधारका लागि उन्नत जातका बोका बितरण गरिएको छ ।

यूनाईटेड मिसन टु नेपाल यूएमएन ,दलित सामाजिक बिकास केन्द्र, डंगरीको संयुक्त साझेदारीमा नश्ल सुधारका लागि गाँउपालिकाका तीन वडामा गरी १० वटा उन्नत जातका बोका बितरण गरिएको हो ।

यूनाइटेड मिसन टु नेपाल र दलित सामाजिक बिकास केन्दको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रम जीबिकोपार्जन तथा वातावरण ा सुधारद्वारा समुदायको उत्थानशिलता परियोजना अन्तरगत उन्नत जातका बोका बितरण गरिएको यूएमएनको जिल्लास्थित कार्यालयले जानएको छ ।

यूएमएनका लिभ्लिीहुड म्यानेजर मेल्सन श्रेष्ठ, दलित सामाजिक बिकास केन्दका कार्यक्रम अधिकृत सुमन न्यौपाने, पशु प्राविधिक केशब खनाललगायतले यशोधरा गाँउपालिकाको वडानम्बर १ मा चार वटा, २ मा तीन वटा र वडा नम्बर ३ मा तीन वटा उन्नत जातका बोका बितरण गर्नुभएको दलित सामाजिक बिकास केन्द्रका फिल्ड संयोजक रमेश कुर्मीले बताउनुभयो । सातवटा बोयर र तीन वटा जमुनापारी उन्नत जातका बोका बितरण गरिएको उहाले जानकारी दिनुभयो ।

कृषकलाई उन्नत जातको पशुपालनतर्फ आकर्षित गराउने र नश्ल सुधार गरी मासु उत्पादन बढाउने उद्देश्यले उन्नत जातका बोका बितरण गरिएको दलित सामाजिक बिकास केन्द्र, डंगरीका अध्यक्ष रामशरण रैदासले बताउनुभयो ।

यूनाईटेड मिसन टु नेपाल र दलित सामाजिक बिकास केन्दको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रम जीविकोपार्जन तथा वातावरण सुधारद्वारा समुदायको उत्थानशिलता परियोजना अन्तरगत कपिलबस्तुको यशोधरा गाउंपालिकाका १, २ र ३ नम्बर वडामा पशु बिकास, सिञ्चाई, पोखरी सुधार, महिला, दलित तथा पछाडी परेका समुदायको सशक्तिकरणमार्फत बिभिन्न आयआर्जनका कार्यक्रम उत्प्रेरणा प्रदान गर्ने किसिमका कार्यक्रमहरु ञ्ंचालन हुदँै आएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button