तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी महानिरीक्षक खनालद्वारा एआइजी आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान(फोटोफिचर)

काठमाडौं ।  प्रहरी नायब महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा पदोन्नति भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयको छ ।

बुधबार एक समारोहबीच आइजिपी खनालले उनलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताउनुभयो  ।Image may contain: 1 person, living room, table and indoor

कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको बताउनुभयो ।

Image may contain: 1 person, standing

उक्त अवसरमा पदोन्नति भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो  ।Image may contain: 1 person, living room, table and indoor

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button