तपाईँ सुन्दै हुनुहुन्छः

झापामा प्रदेश लेखा इकाई कार्यालय स्थापना

भद्रपुर, झापा । प्रदेश नम्बर १ सरकारले झापामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ ।

प्रदेशको लेखा व्यवस्था, खर्च प्रणाली र आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गर्ने उद्देश्यले झापाको सदरमुकामा स्थापना गरिएको कार्यालयको एक समारोहका बीच १ नं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले मंगलबार अपरान्ह उद्घाटन गर्नुभयो ।

झापामा रहेका प्रदेश सरकारका १७ वटा कार्यालय र जिल्लाका १५ स्थानीय तहलाई प्रदेश सरकारबाट बाँडफाँड हुने अनुदान रकम समेत प्रदान गर्ने जिम्मेवारीसहित कार्यालय स्थापना गरिएको मन्त्री आङ्वोले जानकारी दिनुभयो ।

प्रदेश सरकारकोे आर्थिक कार्यविधि नियामावलीमा नयाँ सर्वेक्षण अनुसार १३ वटै जिल्लामा प्रदेश इकाई कार्यालय स्थापना गर्ने उल्लेख भए बमोजिम झापा, पाँचथर, उदयपुर, धनकुटा र ओखलढुंगामा यही माघ २ गतेदेखि कार्यालयहरु सञ्चालनमा आइसकेको झापा कार्यालयका प्रमुख डिल्लीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button