नेपालगञ्ज नाका : ६२ प्रतिशतले घट्यो निर्यात

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नाकाबाट नेपाली बस्तु भारत निर्यात हुने मात्रा आधा भन्दा बढीले घटेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०७६/७७ को पुष मसान्तसम्म भारत निर्यात हुने नेपाली बस्तु ६२ प्रतिशतले घटेको छ ।
गत बर्षको तुलनामा यस बर्ष भारतबाट हुने आयात पनि १५ प्रतिशतले घटेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिनुभयो ।
भारतमा आर्थिक मन्दी भएका कारण आयात र निर्यातमा असर परेको निरौलाले बताउनुभयो । गत बर्षको तुलनामा भारतबाट आयात र त्यसतर्फ निर्यात कम भएकाले राजश्व संकलन पनि घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्