तपाईँ सुन्दै हुनुहुन्छः

पाँच हजार घुस सहित सिरहामा एक प्रहरी पक्राउ

लहान । सिरहामा अख्तियारको टोलीले पाँच हजार घुस सहित वुधवार एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।सिरहाको ईलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको हो  ।

भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्रीमा सहयोग गरिने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएको प्रहरी जवान यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button