अमेरिकी डलरको मूल्य उकालो लाग्यो, कुन देशको कति ? (तालिकासहित)

काठमाडौं। नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर १ सय १४ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्