तपाईँ सुन्दै हुनुहुन्छः

चितवनका विभिन्न क्षेत्रमा दैनिक १२ घण्टा विद्युत सेवा अवरुद्ध हुने

चितवन । पूर्वी चितवनका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विधुत प्राधिकरण रत्ननगर वितरण केन्द्र अन्तर्गत रहेका क्षेत्रमा विधुत आपुर्ती वन्द हुने वितरण केन्द्रले एक सूचना जारी गरि जानकारी गराएको छ ।

टाँडी वितरण केन्द्र अन्तर्गतको ३३.११ के.भी., पर्सा सव—स्टेशन ६.८ एम.भि.ए पावर ट्रान्सफर्मरहरुको तेल शुद्धिकरण कार्य गर्नु पर्ने भएकोले माघ ८ गते देखि १३ गतेसम्म विद्युत आपुर्ती वन्द रहने वितरण केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

वितरण केन्द्र अन्र्तगत चैनपुर र खैरहनीफिडर अन्र्तगत माघ ८ गतेदेखि १० गतेसम्म दैनिक विहान ६ वजेदेखि वेलुका ६ वजेसम्म दैनिक १२ घण्टा विद्युत आपुर्ती वन्द हुने छ ।

त्यस्तै टाँडी र पर्सा फिडर अन्तर्गत ११ गतेदेखि १३ गतेसम्म विहान ६ वजेदेखि वेलुका ६ वजेसम्म विद्युत आपुर्ती वन्द हुने रत्ननगर वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button