नेपाल अब भुपरिवेष्ठित रहेनः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले नेपाल अब भुपरिवेष्ठित देश नरहेको बताएका छन् ।
‘नेपाल अब भुपरिवेष्ठित रहेन । हवाइमार्गबाट होस वा अन्य स्थलमार्गबाट होस हामी पहिले जस्तो भुपरिवेष्ठित नै भन्नुपर्ने अवस्था छैन’ सोमबार ललितपुरस्थित एक होटलमा नेपाल इन्टरमोडल यातायात विकास समितिको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले भन्नुभयो ।
भारतसँग भूमार्गको मात्रै विगतमा रहेको भनिने गरिएकोमा जल यातायात, रेल यातायात, सुरुङमार्गसम्बन्धी सम्झौता र आयोजनाहरुले नेपाल भुपरिवेष्ठित मात्रै हो अब भन्न नपर्ने देखिएको उहाँले बताउनुभयो ।
मन्त्री भट्टले सरकार परिवर्तित सत्ता अनुरुपको ऐन, कानुन र संरचना निर्माणमा लागेको पनि बताउनुभयो । ‘सत्ता परिवर्तन भएको छ । परिवर्तित सत्ता अनुरुपको कानुन र संरचना निर्माण गर्न तर्फ सरकार छ । हामी सुल्टो तिर नै गइरहेका छौं’ उनले बताउनुभयो ।
सरकार आर्थिक विकास र समृद्धि दिशामा रहेको भन्दै उनले सबै मिलेर मात्रै उदेश्य पुरा गर्न सकिने बताउनुभयो ।
‘राजनीति गर्ने पनि रुपान्तरित हुन जरुरी छ । पार्टी र प्रधानमन्त्रीले आफूलाई योग्य सम्झेर जिम्मेवारी दिनु भएको समेत वताउनुभयो । राम्रो काम गर्न सकिएन भने पार्टीले फिर्ता बोलाउने समेत मन्त्री भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्