चोरी भएको तीन वर्षपछि भेटियो चन्दननाथको मुख्य मुर्ती

जुम्ला । कर्णालीकै प्रसिद्ध धार्मिकस्थल चन्दननाथ मन्दिरको दत्तात्रयको मुख्य मूर्ति तीन वर्षपछि बेवारिसे अवस्थामा भेटिएको छ ।
गत तीन वर्ष पहिले मन्दिरबाट चोरी भएको करिब १८ किलो चाँदीको दत्तात्रयको कृत्रिम मूख्य मूर्ति आज बिहान खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
२०७३ मंसिर १२ गते राती मन्दिरबाट दत्तात्रयको मूख्य मूर्तिसहित २१ वटा बहुमुल्य मूर्ति चोरीएका थिए । आज बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो ।
स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिरका व्यवस्थापन र प्रहरीलाई खबर गर्नुभएको हो ।
मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले मुचुल्का उठाइसकेपछि मन्दिरमा पुर्नस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज नै विधिवत रुपमा पुजा तथा होम गरी मन्दिरमा मुतिर्को प्रतिमा स्थापनका गरिएको छ ।
हजारौँ भक्तजनाको सहभागिता मुर्तिको पुर्नस्थापना गरिएको हो । चन्दननाथको सबैभन्दा पुरानो तथा बहुमुल्य मुर्ति चोरी हुँदा यहाँका नागरिक निराश भएका थिए ।
सिआइबीको छानबिन अनुसन्धान गरेपनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन् । मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेको थियो । मूख्य दतत्तात्रयको मूर्ति भने भेटिएको थिएन । सबैभन्दा पुरानो दत्तात्रयको मुर्ति नभेटिदा निकै निरास भएका भक्तजनहरु अहिले निकै खुसी भएका छन् ।
दत्तात्रयको मुर्ति भेटिएपछि हर्सोउल्लासका साथ बाजा गाजा सहित मुर्तिलाई मन्दिरमा प्रतिष्थापन गरिएको हो । डिएसपी लाल बहादुर धामीका अनुसार चोरीबारे अनुसन्धान भईरहेका बेला मुर्ति भेटिएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले मन्दिरको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाईने बताउनुभयो् ।
सिसि क्यामरा नियमित सञ्चालनको लागि व्याकपको व्यवस्था, गरिने छ । बिभिन्न पटक गरेर बेवारिसे अवस्थाबाट मुर्ति भेटिए पनि चोरीमा संलग्नहरु भने पत्ता लाग्न सकिरहेको अवस्था छैन् । अनुसन्धान जारी रहेको दोषीलाई प्रक्राउ गरी सार्वजानिक गरिने प्रहरी प्रशासनको दावी छ । औपचारिकतामा सिमित रहने अनुसन्धानलाई नतिजामुखी बनाउन समेत जुम्लाबासीले दवाव दिएका छन् ।
मूर्ति चोरीमा संलग्न भएको आरोपमा चन्दननाथ नगरपालिका २ का जयकृष्ण आचार्य र मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीलाई दुई बर्ष कैद सजाय तोकिएकोमा उनीहरु दवै जना जेलमुक्त भइसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्