तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

काठमाडौँ । आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै सोमबार पनि ७५ हजार रुपैयाँमै कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button