तपाईँ सुन्दै हुनुहुन्छः

एकीकरण मार्ग कार्यक्रमले एक प्रदेश एक गन्तव्य कार्यक्रममा सहयोग पुग्नेः उपप्रधानमन्त्री पोख्ररेल

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन गरेर नेपाललाई पर्यटनको अन्तराष्ट्रिय गन्तव्य स्थलका रुपमा विकास गनुपर्ने बतनउनु भएको छ ।

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरेको एकीकरण मार्ग सम्बन्धी तीन दिने ‘एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार’ को आज समापन गर्नुहुदै मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको शिलशिलामा प्रयोग भएको ऐतिहासिक सम्पदा र धरोहरलाई समेटेर निर्माण गरिने एकीकरण मार्गले सिङ्गो मुलुक र जनतालाई राष्ट्रिय एकताको भावना जगाउन र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रममा समाविष्ट एकीकरण मार्गको प्रभावकारी प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्नेगरी आगामी कार्यक्रम अघि बढाइने उल्लेख गर्नुभयो ।

उहाँले एकीकरण मार्ग कार्यक्रमले सरकरको एक प्रदेश एक गन्तव्य कार्यक्रमलाई सहयोग गर्ने बताउनुभयो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले तत्कालीन पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले नेपाली सेनाले एकीकरण मार्ग बनाउन लागेको हो ।

कार्यक्रममा एकीकरण मार्गका संयोजक उपरथी शुवर्णबहादुर शाहले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने उपयुक्त माध्यम एकीकरण मार्ग कार्यक्रम भएको र यसले ऐतिहासिक पर्यटन प्रवद्र्धनमा समेत कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button