तपाईँ सुन्दै हुनुहुन्छः

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने प्रकृया शुरु

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयात सहज बनाउन अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गर्ने प्रकृया शुरु गरेको छ ।

अमलेखगञ्जदेखि चितवनको लोथर सम्मको प्रारम्भीक अध्ययन गरी सरकारले यो योजना अघि बढाउने सम्बन्धमा भारतीय पक्षसंग छलफल गरेपछि पाइपलाइन विस्तारका लागि संयुक्त अध्ययन टोली गठन गर्ने सहमती भएको छ ।

नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्यास संयुक्त कार्यदलको हालै भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकको क्रममा नेपालको उक्त क्षेत्रमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गर्ने विषयमा अध्ययन गर्ने संयुक्त टोली गठन गर्न सहमती भएको हो ।

संयुक्त अध्ययन टोलीले विस्तृत प्रविधिक प्रतिवेदन तयार पारी कार्यदल समक्ष प्रस्तुत गरे पछि यो प्रकृया अघि बढने उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह सचिव धुव्र घिमिरेले जानकारी दिनु भयो ।

त्यसै गरी नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्यास संयुक्त कार्यदलको बैठकमा भारतको सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि पनि संयुक्त अध्ययन टोली बनाएर अध्ययन गर्ने विषयमा दुबै पक्ष बीच सहमती भएको छ ।

दुबै अध्ययन प्रतिवेदनमा नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्यास संयुक्त कार्यदलको बैठकमा छलफल भए पछि मात्र प्रकृया अघि बढने छ ।

दिल्लीमा सम्पन्न संयुक्त कार्यदलको बैठकमा मोतीहारी अमलेखगंज पाइपलाइनको दोस्रो चरण अन्र्तगत नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल करपोरेशनले निर्माण गर्ने पेट्रोलियम टैंकका विषयमा दुबैले अवधारणापत्र र लागत अनुमान तयार पार्ने विष्गायमा पनि सहमती भएको छ ।

बैठकमा नेपालको झापा र धनुषामा नेपाल आयल निगमको बोटलिड. प्लान्ट निर्माण गर्ने विषयमा इन्डियन आयाल करपोरेशन लिमिटेडले प्रविधिक सहायता उपलब्ध गराउने वारेमा नेपाल आयल निगम लिमिटेडले विस्तृत अवधारणपत्र तयार पारी इन्डियन आयाल करपोरेशन लिमिटेडलाई उपलब्ध गराउने विषयमा पनि सहमती भएको छ । बैठकमा नेपालमा पेट्रोलियम तालिम केन्द्र, व्यवसायिक तालिम केन्द्र वा शिप विकास केन्द्र स्थापना गर्ने विषयमा नेपाल आयल निगमले उपयुक्त स्थानको छनौट गर्ने विषयमा पनि सहमती भएको छ ।

त्यसै गरी बैठकमा नेपालको विरगंज भन्सार कार्यालयमा डिजिटल डिस्प्ले मीटर राख्ने विषयमा नेपाल आयाल निगम लिमिटेड र इन्डियन आयाल करपोरेशन लिमिटेडको संयुक्त टोलीले आवश्यक कार्वाही अघि बढाउने र भारतको लखनऊबाट वण्डेड हवाई इन्धन आयात गर्ने विषयमा पुनरावलोकन गर्ने र सो विषयमा थप सहजिकरण गर्न नेपाल आयाल निगम लिमिटेड इन्डियन आयाल करपोरेशन लिमिटेडले नजिकको बैकल्पिक मार्ग खोज्ने र दुई पक्षीय संयुक्त कार्यदलको अर्को बैठक नेपालमा आयोजना गर्ने लगायतका विषयमा समेत सहमती भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button