तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल चोर्दाचोर्दै विर्तामोडबाट दुईजना पक्राउ

भद्रपुर, झापा । मोटरसाइकल चोर्दा चोर्दै शनिबार राती ९ः०० बजे बिर्तामोडबाट दुई जना पक्राउ परेका छन् । को ३२ प १६९९ नम्वरको मोटरसाइकल चोर्दाचोर्दै उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङगा नगरपालिका–२ का २४ वर्षीय किरण बस्नेत र सोही ठाउँका सदर्शन गेलाल रहेका छन् ।

उनीहरुलाई मोटरसाइकल चोर्दाचोर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आरोपी उपर छानविन सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button