अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली बेपत्ता, १ जनाको जिवितै उद्दार

काठमाडौं । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् ।
अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखिएको छ । मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत उनीहरुलाई पोखरा ल्याइने जानकारी उहाँले दिनुभयो ।
अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियाली नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको छ । अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्