तपाईँ सुन्दै हुनुहुन्छः

‘एकीकरण मार्गले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने’

काठमाडौँ । नेपालको एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा र स्थललाई समेटेर ‘एकीकरण मार्ग’ निर्माण गरिने भएको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिंडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीहरुलाई एक–आपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले नेपाली सेनाले एकीकरण मार्ग बनाउन लागेको हो ।

सङ्घीय सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा पूर्खाको गौरबपूर्ण इतिहासको महत्व दर्शाउने, राष्ट्रिय एकताको भावना जागृत गर्ने र सर्वसाधरण समेत सम्मिलित गराई विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले पद मार्ग निर्माणको अवधारणा ल्याइएको सेनाले जनाएको छ ।

एकीकरण पदमार्गका विषयमा सेनाले विज्ञ तथा सरोकारवालाको राय सुझावका लागि आयोजना गरेको पदमार्ग सेमिनारको आज नेपाली सेनाको मूख्यालय भद्रकालीस्थित जङ्गी अड्डमा उद्घाटन गर्नुहुदै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपालीबीच देशभक्तिको भावना विकसित गराई राष्ट्रिय एकताको भावना सबल बनाउने उद्देश्यका साथ एकीकरण पदमार्ग सञ्चालन गर्न लागिएको बताउनुभयो ।

प्रधानसेनापति थापाले भौतिक संरचनाको निर्माण तथा संरक्षणका साथै एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षणका लागि स्थानीयको सहभागितामा एकीकरण पदमार्ग सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button