देशभर वर्षा र हिमपातको सम्भावना

काठमडौ । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभरको मौसममा बदली आएको छ । बुधबारबाट भित्रिएको प्रणालीले बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ। यो प्रणालीले देशका धेरैजसो भूभागमा पानी पार्ने मौसमविद्ले जानकारी दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो। अब यो प्रणाली क्रमशः देशैभर फैलिँदै छ।
‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।
यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान
माघ २ गते (बिहिबार)
दिउँसो स् देशको मध्य तथा पश्चिमी भू(भाग लगायत पुर्वी पहाडी भू्(भागमा सामान्य बदली रही बाँकि भू्(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको।मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भूभागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।
माघ ४ गते (शनिबार)
दिउँसो : देशको पश्चिमी भू्भागमा सामान्य बदली रहि बाँकि भू्भागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।








प्रतिक्रिया राख्नुहोस्