भोजपुरमा ट्याक्टर दुर्घटना हुदाँ तेह्र जना घाइते
भोजपुर-भोजपुरमा बुधवार बेलुका साढे चार बजे तिर भएको ट्याक्टर दुर्घटनामा परी १३ जना घाइते भएका छन ।भोजपुरको उत्तर षडानन्द नगरपालिका १ सिम्ले स्थित भित्री सडक खण्डमा कात्तिकेघाटबाट कुदाकाउले तर्फ आउँदै गरेको को २ त ५९१८ नं. को ट्याक्टरको डालाको लक भाचिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डब राजवंशीले बताए ।
डाला करिव २५ मिटर पछाडी सरी सडमै पल्टी दुर्घटना हुँदा ट्याक्टरमा सवार ३०÷३५ जना मध्ये १३ जना घाइते भई उपचारको लागि संखुवासभाको मनकामना अस्पताल तुम्लिङटार तर्फ लगिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।
प्रहरी चौकी कुदाकाउलेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा गएको ५ जनाको टोलीले भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ चौकिडाँडा बस्ने वर्ष १७ का चालक सन्तोष घलेलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा परी षडानन्द नगरपालिका २ का ४२ बर्षिय सिह बहादुर तामाङ, ३९ बर्षिय मनोरथ चौलागाई, ११ बर्षिय सुभाष भट्टराई, १८ बर्षका प्रकाश आचार्य, १७ बर्षिया निर्मला आचार्य, १७ बर्षिया प्रतिक्षा खत्री, ५० बर्षका पदम प्रसाद दाहाल, ५१ बर्षका चेतबहादुर घले, २५ बर्षिया कृष्ण गुरुङ, ४० बर्षिय अस्मिता आचार्य, ५० बर्षिय हर्कमाया आचार्य, ६० बर्षका जयप्रसाद घिमिरे र ३५ बर्षकी जानुका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेहरुको शरीरको बिभिन्न भागमा चोट लागेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्