तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी

सिन्धुपाल्चोक । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ ।

विजेता चितवनले २५–२०, २५–२३ र २६–२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले विजेता र उपविजेतालाई क्रमशः दुई लाख दुई हजार २० र एक लाख एक हजार १० सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।

गत पुस २६ गतेदेखि शुरु भएको प्रतियोगितामा काठमाडाँै र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button