तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वाधार विकास कार्यालय, सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, पूर्व सांसद वि.पी. यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डलसहित ६ जनाविरुद्ध २५ लाख विगो दावीसहित मुध्दादायर गरेको छ ।
निजहरुले एकआपसमा मिलेमतो गरी रकम हिनामिना गरेको दावीसहित आज विशेष अदालत, काठमाडौंमा मुध्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीविरुद्ध वन हेरालुलाई पारिश्रमिक बापत रकम उपलब्ध गराउँदा नक्कली बिल पेश गरी २ लाख १६ हजार भ्रष्टाचार गरेको आरोपमा मुध्दादायर गरिएको प्रवक्ता कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्