तपाईँ सुन्दै हुनुहुन्छः

मनहरी पहिलो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका

विश्व अधिकारी, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले स्थानीय सरकारका असल कार्यमा सहयोग गर्न केन्द्र सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडैलले प्रदेश सरकारले सबै स्थानीय तहहरुलाई बालमैत्री बनाउने लक्ष्य लिएको वताउनुभयो ।

बालमैत्री शासन युक्त हुन आवश्यक पर्ने सबै ३९ वटै सुचकहरु पुरा गरेपछि घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button