च्यासल युथ र एपीएफबीचको खेल बराबरीमा सम्पन्न
काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको हो ।
दुबै टोलीले गोल गर्ने केही मौका सिर्जना गरेपनि गोल रक्षकले बचाउ गरे ।
६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ भने एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
सोमबारकै अर्को खेलमा न्यु रोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्यो ।
दशरथ रंगशलामा भएको खेलमा एनआरटिको जितका लागि दर्शन गुरुङले ७६ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
६ खेलमा एनआरटीको यो तेस्रो जित हो ।
अब एनआरटी र पुलिसको समान ८ –८ अंक भएको छ ।








प्रतिक्रिया राख्नुहोस्