आफ्नै घाँटी रेटेर बृद्धाद्वारा आतमहत्या

भद्रपुर, झापा । झापाको बिर्तामोड नगरपालिका–१० सैनिकबजारमा आफ्नै घाँटी रेटेर एक बृद्धाले आत्महत्या गरेका छन् ।
आइतबार साँझ ७ बजेको समयमा ७१ वर्षीया रोशनी राईले घरमा घाँस काट्ने हँसियाले आफ्नै घाँटी रेटेर आतमहत्या गरेकी हुन् ।
घाँटी रेटेपछि गम्भीर घाइते भएकी उनलाई उपचारको लागि स्थानीय बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्