उच्च शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्न नसकिने :मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्न नसकिने बताउनुभएको छ ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक,२०७५ माथि छलफलगर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पोखरेलले दलित, अपाङ्गता भएको व्यतिm र विपन्नलगायत संविधानमा नै निःशुल्क शिक्षा पाउने भनि तोकएकोे बाहेक अरुलाई तत्कालिन अवस्थामा निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्न नसकिने बताउनुभयो ।
मन्त्री पोखरेलले छात्रवृति ,उच्च शिक्षा र विश्वविद्यालयका बिषयमा कानून बनाउँदा व्यवहारिक पक्षलाई ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्