सुनको मूल्यमा ४०० ले वृद्धि

काठमाडौं । उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाले वृद्धि भएको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९०० ले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० मा किनबेच भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि आइतवार प्रतितोला पाँच रुपैयाले बढेर प्रतितोला ८९० पुगेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव,चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्