तपाईँ सुन्दै हुनुहुन्छः

पुँजी बजारको स्थायित्व कायम गर्न केन्द्रित हुनेः अध्यक्ष ढुङ्गाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष ले नेपाली पुँजी बजारको विकास र विस्तारको लागि बजारको ६ वटा विभिन्न क्षेत्रमा सुधारका काम अघि बढाउने बताउनु भएको छ ।

आइतवार रेडियो नेपालसंग कुरा गर्दै अध्यक्ष ढुङ्गानाले आफनो पहिलो प्राथमिकता पुँजी बजारको स्थायित्व कायम गर्न केन्द्रित हुने बताउनु भयो ।

त्यसै गरी पुँजी बजारमा व्यावसायिकताको विकास गर्ने र दायरा फराकिलो पार्ने विषयलाई दोस्रो महत्व दिएर काम अघि बढाउने र बोर्डले गर्ने नियमन र सुपरिवेक्षण तथा अनुगमनको कामलाई थप तदारुकताका साथ अगाडि बढाउने प्रतिवद्धता पनि अध्यक्ष ढुङ्गानाले जनाउनु भयो ।

पुँजी बजारलाई प्रविधिमैत्री बनाउदै सूचना प्रविधिको प्रयोगलाई जोड दिने र ऐन नियमहरुलाई संशोधन गरी समयानुकुल बनाउने कुरा पनि आफनो प्राथमिकतामा रहेको अध्यक्ष ढुङ्गानाले उल्लेख गर्नु भयो । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भिष्मराज ढुङ्गानाले शुक्रवार बोर्डमा पदबहाली गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button