नेप्सेमा भारी अङ्कले वृद्धि

काठमाडौं । नेपाली धितोपत्र बजारको परिसूचक आइतवार भारी अंकले वृद्धि भएको छ । यो वृद्धि यस बर्षको अहिले सम्मको सबै भन्दा उच्च दरको वृद्धि हो । परिसूचक आइतवार ३.५१ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार नेप्से ४२.६१ विन्दुले बढेर एक हजार २५५.७२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ विन्दुले बढेर २७२.७३ मा पुगेको छ । आइतवार कारेवार रकममा समेत उच्च अङ्कले वृद्धि भएको छ ।
आइतवार कुल १७९ कम्पनीहरुका ३८ लाख ३१ हजार ५४ कित्ता शेयरहरु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा किनबेच भएका छन् । कारोबार भएका कुल १२ समूहकै शेयरमा भारी वृद्धि भएको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको पाँच करोड ८८ लाख १९ हजार बराबरको कारोबार भयो ।
बैंकिङ तरलता सहज हुँदै गएको, साना तथा ठूला लगानीकर्ता सक्रिय भएको र लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढ्दै गएकाले शेयरबजारमा उल्लेख्य सुधार आएको लगानीकर्ताहरले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्