तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय मानव अधिकार आयोगलाई सिफारिश आयोग मात्र नवनाउन सुझाव

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग सिफारिश आयोग मात्र बन्नु नहुने धारणा सरोकारवालाहरुले राखेका छन् । आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा सहभागीले सरकारले बनाउने सबै संरचना नागरिकमैत्री बन्न सक्नुपर्ने, मानवाधिकारका विषयमा सरकारले आफ्ना संयन्त्रलाई सही दिशा दिन सक्नुपर्ने भन्दै राज्यका हरेक अङ्ग यस विषयमा गम्भीर बन्न सकेमा मात्र मानवाधिकार सुरक्षित हुन सक्ने भनाइ राख्नुभयो ।

छलफल कार्यक्रममा आयोगका सचिव वेदप्रसाद भट्टराईले मानवाधिकारको जग नै सबैका घरघरमा शान्ति र मुलुक विकासको आधार बन्ने भएकाले यसमा सबैले आआफ्ना क्षेत्रबाट योगदान दिनुपर्ने बताउनुभयो । उहाँले नागरिकका सबै किसिमका अधिकार नै मानवाधिकार भएकाले स्थानीय तहबाट नै यसको संरक्षण एवं सम्बद्र्धन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button