तपाईँ सुन्दै हुनुहुन्छः

अनेरास्ववियू सामाजिक आर्थिक रुपान्तरण तर्फ अगाडी बढ्नुपर्छ : महासचिव पौडेल

Image may contain: one or more people and indoor

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले अनेरास्वबियू अब शिक्षा क्षेत्रमा आमूल परिवर्तन दिने कार्यक्रम लिएर सामाजिक आर्थिक रुपान्तरण तर्फ अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन अनेरास्ववियको आज काठमाडौंमा सुरु भएको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्नुहुंदै नेकपाका महासचिव पौडेलले परिवर्तनको हरेक आन्दोलनमा अनेरास्ववियूको भूमिका महत्वपूर्ण रहेको र अब परिवर्तनपछिको उपलव्धिलाई संस्थागत गर्नसमेत महत्वपूर्ण भूमिका रहनुपर्ने बताउनुभयो ।

महासचिव पौडेलले नेकपाको सरकारकोे काँधमा समृद्धि र समाजवादको आधार निर्माण गर्नुपर्ने जिम्मेवारी रहेकाले त्यसकालागि पनि अनेरास्ववियूको सशक्त भूमिकाको खाँचो औंल्याउनुभयो ।

नेकपाका स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले बिगतमा हामीले देखेको राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको सपना पुरा भएको र अब भनेको समाजवादको सपना हो, सबै मिलेर त्यो सपनालाई पनि पुरा गर्नुपर्ने बताउनुभयो ।

Image may contain: 20 people, crowd

नेकपाका केन्द्रीय सदस्य हितमान शाक्यले समृद्धि र समाजवाद अहिले प्रमुख एजेण्डा बनिसकेकाले एकीकृत भईसकेको अनेरास्वविूको भूमिका त्यसका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु खिमलाल भट्टराई, राजेन्द्र कुमार राई, कृष्णध्वज खड्कालगायतका वक्ताले सामान शिक्षा, सर्वसुलभ शिक्षा र सबैका लागि शिक्षा अब अनेरास्वविूको मूलमन्त्र हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानलाई सफल बनाउन अनेरास्ववियू अब सशक्त र रचनात्मक ढंगले अगाडी बढ्ने बताउनुभयो । संयोजक महरले शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने ऋण सहज रुपमा उपलब्ध नभईरहेको भन्दै त्यसको सहज कार्यान्वयनका लागि सरकारसँग माग समेत गर्नुभयो ।

सोही अवसरमा नेकपाका महासचिव बिष्णु पौडेलले एकीकृत भएपछि समावेशमा परेका अनेरास्ववियू केन्द्रीय सदस्यहरुलाई सपथ पनि गराउनुभयो । अनेरास्ववियूको प्रथम पूर्ण बैठक भोलीसम्म चल्नेछ ।

Image may contain: 2 people, crowd

प्रतिक्रिया राख्नुहोस्

Back to top button