तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा अवैध घरेलु मदिरा नष्ट

सल्यान । सल्यान प्रहरीले सञ्चालन गरेको अवैध घरेलु मदिरा नियन्त्रण अन्र्तगत सल्यानका बिभिन्न स्थानमा मदिरा नियन्त्रणमा लिने काम गरिरहेको छ ।

आइतबार मात्रै प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको दुई हजार आठ सय ८७ लिटर घरेलु मदिरा नियन्त्रण गरी नष्ट गरेको छ ।

अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने १५ सेट भाँडावर्तन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध मदिरा उत्पादन र बिक्री वितरण निरुत्साहित गरी समाजमा अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभो । घरेलु मदिराका कारण सामाजिक कलह, घरेलु हिंसा तथा महिला हिंसाका घटनाहरु भई रहेको उहाँको भनाई छ ।

प्रहरीले शारदा नगरपालिका क्षेत्रको खलंगा बजार, तिलचौर, साइलाकम्द, श्रीनगर बजार, पटनेरी लगायतका स्थानबाट बरामद गरी स्थानीय पत्रकार, सञ्चारकर्मीको रोहवरमा खलंगा र श्रीनगरमा मदिरा नष्ट गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button