तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

काडमाडौँ । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दुई सय ९८औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय भद्रकालीस्थित जङ्गी अड्डाको मुख्य भवन अगाडी रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।

आज आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्नुहुँदै उहाँको शालिकमा माल्यापर्ण गर्नुभयो ।

त्यस अवसरमा नेपाली सेनाका उच्च अधिकृतहरूले समेत माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button