तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका लेखा सम्बद्ध कर्मचारीहरूको लागि आजदेखि तीन दिने प्रशिक्षण सुरु

काठमाडौँ । लेखा प्रणालीलाई आधुनिक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले रेडियो नेपालका लेखा सम्बद्ध कर्मचारीहरुको लागि आजदेखि तीन दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

प्रशिक्षण कार्यक्रमको आरम्भमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले लेखा प्रणालीलाई समय सापेक्ष आधुनिक ढाँचामा रुपान्तरण गरेर प्रविधि मैत्री बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

राष्ट्रिय धरोहरको रुपमा रहेको रेडियो नेपालका कतिपय जिन्सी सामानहरुको व्यवस्थित रेर्कडका लागि आधुनिक लेखा प्रणालीको प्रयोग अनिर्वाय रहेकोले सम्लग्न जनशक्तिहरुको क्षमता बढाउन यस्ता तालिम आवश्यक रहेको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।

महालेखा परिक्षकको कार्यालय तथा महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत अनुभवी प्रशिक्षकहरुबाट तीन दिनसम्म चल्ने प्रशिक्षणमा बेरुजु , जिन्सी तथा भण्डार र सार्वजनिक सम्पत्तीको संरक्षण र लिलाम जस्ता शिर्षकमा प्रशिक्षण दिइने रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धिबहादुर के सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button